पहिलो चोटी भेट्दा तिमीलाई
अँध्यारोमा पनि मिठो मुस्कान
हल्का लजाएको उज्यालो मुहार
अँगालो न्यानो हात समाई
कुराकानी हाम्रो पाइला बढ्दै
मुस्कुराउँदै एकअर्कालाई हेर्दैमा
समय बितेको थाहा नै पाइन
हराइरहे एकअर्कामा
माया भन्ने यस्तै हुन्छ र
अनौठो महसुस मायाको
ओठ चुम्दा अनि हाँसेको
डुबेछौ हामी एकअर्कामा
हराएछु म यो संसारमा
आउँछ धेरै तिम्रो नै सम्झना
जता जान्छु तिमीलाई खोज्छु म
हराएछु म यो संसारमा
साथ तिम्रो हुँदा न्यानो
रिसाउँदा पनि किन यस्तो प्यारो
मन हुन्छ खुसी सुन्दा त्यो तिम्रो आवाज
नशालु आँखाले नहेर मलाई
गुम्सिएका भावना आउँदैछ आफै
जति नजिक आउँछ झन् दड्किन्छ यो मेरो मन
समय बितेको थाहा नै पाइन
हराइरहे एकअर्कामा
माया भन्ने यस्तै हुन्छ र
अनौठो महसुस मायाको
ओठ चुम्दा अनि हाँसेको
डुबेछौ हामी एकअर्कामा
हराएछु म यो संसारमा
आउँछ धेरै तिम्रो नै सम्झना
जता जान्छु तिमीलाई खोज्छु म
हराएछु म यो संसारमा