पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ
के होला उन्को चिन्जान,
कुन् हो अनि ठेगाना,
कस्तो छ मनको रङ्ग,
बैंशालु ती तराना,
मन्को यो चाह उन्लाई,
भन्न पनि डराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ
पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ
भाग्यमा छ कि छैन,
उनलाई नजिक पाउने,
सपनाका सप्त रङ्ग,
सिउँदो भरी सजाउने,
जीवन्को यो पहिलो,
इच्छा यहि सजाएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ
पहिलो नजरमा मैले,
उनीलाई मन्पराएँ,
म त सुस्त सुस्त आफ्नै,
मन भित्र नै हराएँ