पहाडको छायाँ मुनि, विशाल आकाश मुनि,
जहाँ नदी गीत गाउँछन् सागरलाई चुमी
म पनि त एक्लो यात्री यात्रा मै छु एक्लै
नदी पहाड आकास अनि सागर भन्दा बेग्लै
ओह मेरो मुटु बग्छ उँभो मुहान तिर
सबै भन्दा अग्लो माटो धरतीको शीर
तिम्रो मुस्कान जस्तो सूर्य उदाएको देख्छु
जहाँबाट तिम्लाई हेर्न पाइला म टेक्छु
गुराँशको बासना बोकी हावा चली आउँदा
कोइलीले वनपाखा मीठो गीत गाउँदा
ताराहरु झिलमिल झिलमिल बल्दा आकाशमा
तिमी पास आएसरी लाग्छ त्यो प्रकाशमा ।
ओह मेरो मुटु बग्छ उँभो मुहान तिर
सबै भन्दा अग्लो माटो धरतीको शीर
तिम्रो मुस्कान जस्तो सूर्य उदाएको देख्छु
जहाँबाट तिम्लाई हेर्न पाइला म टेक्छु
मनसुनको पानी धुन्छ मेरो दुःख दर्द,
हाम्रो माया छुट्यो जहाँ त्यतै भन्छ फर्क
हिमालले देखेको छ मौन प्रार्थना
तिम्रै पूजा आराधना तिम्रै जपना
ओह मेरो मुटु बग्छ उँभो मुहान तिर
सबै भन्दा अग्लो माटो धरतीको शीर
तिम्रो मुस्कान जस्तो सूर्य उदाएको देख्छु
जहाँबाट तिम्लाई हेर्न पाइला म टेक्छु