सुन्दरता मात्र देख्छु चारैतिर हेर्दा
माया पाएँ माया दिई संसारलाई बेर्दा
छोएँ नरम स्पर्शले विझाएन काँडा
बाटो हिंड्दा लाग्यो सधैं छैन केही टाडा
खोजें मैैंले कहाँ कहाँ भेटिँन त्यो पैले
आफू भित्रै आनन्दको सागर भेटें मैले
एक्लो छैन जीवन यो यस्तो लाग्छ आज
सारा जगत मेरो निम्ति म विश्वको माझ
गौरव गर्छु आफैं संग जे छ रुप रंग
पूर्ण छु म आफैं भित्र हरेक अंग अंग
खोजें मैैंले कहाँ कहाँ भेटिँन त्यो पैले
आफू भित्रै आनन्दको सागर भेटें मैले
पाएको छु चाहे जति जता गए पनि
तृप्त छु म हरेक पल जहाँ रहे पनि
खुशी हुने शान्त बन्ने बन्यो मेरो भाव
आनन्दमा मस्त छु म जिन्दगीमा ऐले
खोजें मैैंले कहाँ कहाँ भेटिँन त्यो पैले
आफू भित्रै आनन्दको सागर भेटें मैले