हामी सबैको भिन्दा-भिन्दै मोल हुँदो रहेछ
मानिस ठूलो दिलले हुन्छ भन्थे जातले पो भएछ।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
नेवार मङ्गोल बाहुन क्षेत्री
कामि दमै यत्रैसित्ती।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
सोँच्छु म छुन तिमीलाई पाँऊदिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी
सोँच्छु म छुन तिमीलाई पाँऊदिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी जथाभावि।
नेवार मङ्गोल बाहुन क्षेत्री मुस्लिम थारू मदेशि ठकुरि पोँडे शार्कि अनि कामि दमै यत्रैसित्ती।
के तिम्रो टाउकोमा कुनै जातको मिटर छ?
तिम्रो-मेरो झैँ नामको थुप्रो किन त्यो शिखर छ?
हे तिम्रो टाउकोमा त्यो जातको मिटर छ!
तिम्रो-मेरो झैँ नामको थुप्रो कति अग्लो शिखर छ!
सोँच्छौ र माया लाउन पाईंदैन किन?
सोँच्छौ र शब्द साट्या रूचाईंदैन?
सोँच्छु म छुन तिमीलाई सक्दिन किन?
लाग्दैन राम्रो जब टाढिन्छौँ हामी जथाभावि।