के पाउछौ दिनमा पन्ध्र घण्टा काम गरी ?
नोकर भएर ज्यालामा बिकिगइ
पैसा पुँजी जीवित पार्ने रगत भा छ
खेती किसान त तिम्रो बँच्ने साधन बना छौ
म त खेतबारी बाट खाध्यान्न उब्जाउछु
आफ्नो पौरख अफै चलाउछु
पैसालाई जीवन मझामा दलाल बनाइ
बाँच्न पर्या छैन हामी आत्मनिर्भर किसान्लाई
विचार गरा किन दुख गर्छौ
बँचौ आत्मनिर्भर भएर
स्वराजको शक्ती महसुस गरेर्
किसानको क्रान्तीमा सहभागी भएर्
कृषिलाई बेची व्यापारिक बनाउदै छौ
लर्काएर सादा जीवन खोस्दै गा छौ
लुट्या छौ किसानको सादा उच्च जीवन्
पैसाको पुँजीवदी दुनियालाई स्विकारेर