हिजोको एक किसानले आज सरकारी काम पा'छ
सोझो जीवन बाँच्ने ऊ अहिले झुठकामाझ बाँच्छ
सरकारको एक अंग अरे सुरक्षा दिने उसको काम
काम त मात्र हो एक नाम कामकै गरे छ बदनाम
दिनैभरी हल्लिएर महिनाको तलब खा'छ
सोझो जिवन बाँच्ने ऊ अहिले झुठका माझ बाँच्छ
फुटपाथको गरिब ब्यापारीलाई अवैध भनि खोक्छ
बुट बजारी सलाम ठोकि धनिलाई चाँकडि गर्छ
गरिबको कमाइलाई उल्टै खोसी खा'छ
सोझो जिवन बाँच्ने ऊ अहिले झुठका माझ बाँच्छ
जागिरले लोभिएर सरकारको हतियार भा'छ
उसैलाई प्रयोग गरि सरकारले रगत पिया'छ
लाठी र बुटबाट धनिको शासन आ'छ
गरिबको रगतबाट उसले तलब पा'छ
हिजोको एक किसानले आज सरकारी काम पा'छ
सोझो जीवन बाँच्ने ऊ अहिले भाँडाको टट्टु भा'छ