सुन-सुन ए ठुलि येशुलाई चिन्यौ के?
येशु ख्रीष्टको रगत ले तिमिलाई किन्यो के?
सुन-सुन ए ठुले येशु लाई चिन्या छु
स्वर्गको राज्यमा नाउँ दर्ता गर्या छु
के नै चाहियो र नै
हा हा येशु मसि को जय
माथ्लो घरलाई भनिदेउ है येशु ख्रीष्ट मा जीवन छ
तल्लो घरलाई सुनाईदेउ है ख्रीष्ट येशुमा मुक्ति छ
माथ्लो घरलाई भनिदेउ है येशुख्रीष्ट मा जीवन छ
तल्लो घरलाई सुनाईदेउ है ख्रीष्ट येशुमा मुक्ति छ
सित्थैको जीवन येशु मा छ है
के नै चाहियो र हा हा येशु मशिको जय
क्षणभर को जिवन बितेर जाने
आज छौ यहाँ भोलिको के भर
क्षणभर को जीवन बितेर जाने
आज छौ यहाँ भोलिको के भर
त्यसैले सबै जीवन चढाउ
उद्धकर्ता ख्रीष्ट येशु मा
त्यसैले सबै जीवन चढाउ
उद्वाकर्ता ख्रीष्ट येशुमा