परम्पराको रेखा भित्र
शक्तिवानको कानुन
भोग्नेले त बुझ्दैन त्यो
लेख्नेहरु नै जानुन
वकिलको वकालतमा
नोटको जोश हुन्छ
न्यायधिशको फैसलामा
पद भित्रको फोर्स चल्छ
पूँजीपति उद्योगपति
कानुन भन्दा माथी
गरिब र निर्धालाई
नियमको ज्यादति
शोषित माथी शासन गर्ने
चाहिँदैन झुठो कानुन
तिनै बुज्रुक शक्तिशाली
भगवान सरि पूजुन्